अफगानिस्तानकाे सुधारकाे लागि जापानले गर्याे यस्ताे घाेषणा

जापान । जापानका विदेश उपमन्त्री केन्तारो साेनाउराले अफगानिस्तानका राष्ट्रपति असरफ गानीसंगकाे भेटवार्तामा जापान सरकारले अफगानिस्तानको विग्रिदो शुरक्षा व्यवस्थामा सुधार ल्याउन तथा देशको भ्रष्टाचार राेक्न सक्दो सहयोग गर्ने बताएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा भएको भेटवार्तामा सोनाउराले अफगानिस्तानमा स्थिरता ल्याउनको लागि जापान सरकार सक्दो सहयोग गर्ने बताएका हुन् ।

साथै उनले अफगानिस्तानको सुरक्षा व्यवस्थालाई मजवुद बनाउनको लागि जापान सरकारले करिब १६ करोड २० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

यस अघि २०१६ काे अक्टोम्बरमा बेल्जियममा अायाेजित श्रण दाताहरुको एक वैठकमा जापान सरकारले २०२० सम्ममा अफगानिस्तानलाई करिब १४ अरब डलर सहायता गर्ने संकल्प गरेको थियो ।

साेनाउराले गानी समक्ष जापान सरकारले तालिवानी तथा ईस्लामिक स्टेट जस्ता आतंककारी समुहको लगातार हमलाको कारण कमजोर बनेको अफगानिस्तानको शुरक्षा व्यवस्थामा सकरात्मक परिवर्तन ल्याउनको लागि सक्दो सहयोग प्रतिबद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?