जापान । नेपालको चितवन जिल्ला घर भर्इ जापानमा बस्दै आएकी ४२ वर्षिय मथुरा देवि भण्डारीको जापानबाट नेपाल आउने क्रममा बाटैमा निधन भएको छ।
![](https://www.nepalsandesh.com/wp-content/uploads/2016/12/death-body.jpg)
मृतक मथुरा देविका श्रीमान ईन्द्र भण्डारीले जापानबाट नेपाल जान हिडेकी उनको विमान आउन ढिलो भएपछि कुर्न नसक्ने अवस्थामा पुगेको र पुन: टोकियो फर्कने क्रममा निधन भएको बताएका छन्।
साथै उनले मथुरालाई फोक्सोको क्यान्सर भएकाले नेपालमा नै बसेर उपचार गर्ने सोचले नेपाल आउने योजना बनाएको बताएका थिए ।
करिब ८ वर्ष अगाडी कुक भिषामा जापान आएका भण्डारीले आर्थिक अवस्थाका कारण शव शदगद गर्न समस्या भएको भन्दै आवश्यक सहयोग गरिदिन जापानबासी नेपालीसमक्ष अनुरोध गरेका छन् ।