ट्रम्पसंग आपसी विश्वास कायम राख्ने आबेको प्रतिबद्धता

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग एक निजी तथा विश्वसनीय संम्बन्ध स्थापना गर्न चाहेकाे बताएका छन् ।

आबेले आफ्नो विशिष्ट सल्लाहकार कात्सुयुकी कावाई मार्फत सोमबारबाट सुरु हुने वाशिङ्टन भ्रमणको समयमा रिपब्लिकन पार्टीका प्रमुख अधिकारीहरु समक्ष शुभकामना पुर्याईदिन आग्रह गरेका छन् ।

कावाई न्युयोर्कमा आउदो बिहीबार हुने ट्रम्प र आवे विचको भेट वार्ताको तयारी रहेका छन् ।

आबेले अमेरिका जापानको सबैभन्दा महत्वपुर्ण सहयोगी भएको तथा दुवै देश बीचमा विश्वास कायम राख्नु अनिवार्य भएको बताएका छन् ।
उनले द्धिपक्षीय गठबन्धनको लागि दुवै नेता विचमा विश्वासको आवश्यकता पर्ने बताएका छन् ।

उनले कवाई समक्ष ट्रम्प नितीको बारेमा हरेक संभव जानकारी जुटाउन आग्रह गरेका छन् ।

कवाईले पत्रकार समक्ष आवेले यस यात्रालाई रचनात्मक बनाउन चाहेको बताएका छन् । आबे तथा ट्रम्प बिच हुने वैठकको पृष्ठभुमि तयार गरि सकिएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?