डोनाल्ड ट्रम्पबारे लेखिएका पुस्तकको जापानमा हाहाकार

जापान । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पसँग सम्बन्धित पुस्तक जापानमा सर्वाधिक पढिएको छ ।

जापानका पुस्तक पसलहरुमा अमेरिकी राष्ट्रपतिका प्रत्याशी हिलारी क्लिन्टन र ट्रम्पका पुस्तक सर्वाधिक विक्री भएका हुन् ।

ट्रम्पका भावी योजना र उनले लेखेका अन्य पुस्तहरु सर्वाधि रुपमा विक्री भएका यइसु पुस्तक भण्डारका सञ्चालकले बताए ।  ट्रम्प राष्ट्रपति निर्वाचित भएसँगै उनीसँग सम्बन्धित पुस्तक सकिएको उनले बताए । चुनाव अघिसम्म कम मात्र खोजी भएका पुस्तकको  बुधबार एकाएक माग बढेको थियो ।

चुनावी अभियानका बीच ट्रम्पका भाषण विवादित र चर्चित भएका थिए । पुस्तक किन्न पुगेकी एक महिलाले आफूले ट्रम्पका योजना, भाषण र अध्ययागमन र आप्रवासी योजनाबारे जान्न चाहेको बताइन् । जापानको समाचार संस्था एनएचकेले एक स्टोरमा ट्रम्पसँग सम्बन्धित १७ सय पुस्तकको माग भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?