ओटेल स्मार्टपिट रिचार्जमा दशैं-तिहार स्पेशल अफर

जापान । ओशन टेक्नोलोजीले दशैं तथा तिहारको अवसरमा स्पेशल अफर बजारमा ल्याएको छ । ओशन टेक्नोलोजीले जनाए अनुसार ओटेल र ओटेल इन्टरनेशनलको स्मार्ट रिचार्जबाट अक्टोबर १ देखि नोभेम्बर १ सम्ममा धेरै पटक रिचार्ज गर्ने दुई प्रयोगकर्ताहरुलाई पुरस्कार दिनेछ । ओशन टेक्नोलोजीले आज एक विज्ञप्ति जारि गर्दै सो जानकारी दिएको हो ।

प्रथम पुरस्कारको रुपमा १० हजार येन, दोस्रो पुरस्कारको रुपमा ५००० येन ओटेलकार्ड व्यालेन्स प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो पुरस्कार ४ जना सम्मलाई वितरण गरिने जनाईएको छ ।

यदि प्रथम विजेता दुई जना भए लक्की ड्र मार्फत विजेता छनौट गरिने कम्पनीले जनाएको छ । त्यस्तै तेस्रो पुरस्कारका विजेताहरुको विचमा पनि लक्की ड्र गरेर ५ जना छनौट गरेर २००० येन ओटेलकार्डको ब्यालेन्स पुरस्कार वितरण गरिने जनाईएको छ । नतिजा प्रकाशनको लागि लक्की ड्र भने नोभेम्बर ४, २०१६ मा ओटेल कम्पनीको कार्यालयमा गरिने बताईएको छ ।

दशैं तिहार विशेश अफरको विजेताहरुको नामावली ओशन टेक्नोलोजीको आधिकारिक वेभसाईट, फेसबुक पेज तथा विभिन्न अनलाईन न्युजसाईटमा प्रकाशित गरिने बताईएको छ ।

दशैंको उपलक्ष्यमा ओटेलले आफ्नो अफिसियल साईटबाट क्रेडिट कार्ड विना नै स्पार्टपिट रिचार्जबाट नेपालमा रहेका आफ्ना आफन्तहरुलाई विभिन्न लत्ताकपडा तथा सामानहरु पठाउन सक्ने सुविधा प्रदान गरेको छ ।

ओटेलको अफिसियल साईट www.otelmarket.jp बाट सामान खरिद गरेर नेपाल पठाउँदा डेलिभरी चार्ज नलाग्ने बताईएको छ ।
त्यस्तै ओटेलले जापानमा रहेका व्यक्तिहरुका लागि सुपथ मुल्यमा अनलिमिटेड वाईफाईको सुविधा पनि दिईएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?