जापान सरकारद्वारा पहिलो कानुनी डेटाबेस निर्माण

जापान । जापान सरकारले चार हजार भन्दा बढी कानुन र विधयक समेटिएको वैधानिक डेटाबेस निर्माण गरेको छ । अक्टोवर महिना देखि जापानी सरकारले ई-लज नामको डेटाबेस सवै मन्त्रालयहरुमा सुचारु गर्ने बताएको छ ।

अर्को वर्षको अप्रिल महिना देखि सर्वसाधारणले पनि त्यो डेटाबेस प्रयोग गर्न सक्ने सरकारले बताएको छ । ई-लज डेटाबेसले सिस्टममा रहेका अफिसियल डकुमेन्टहरुलाई अनुसन्धान र पुनपरिक्षण गर्नको लागि धेरै नै सघाउने सरकारले जनाएको छ ।

डेटाबेसको मद्दतले विषयगत नियम र कानुनहरु सजिलै हेर्न सकिने र आवश्यक डेटाहरु तुरुन्त हेर्न र हाल्न सकिने हुँदा ई-लज डेटाबेस भरपर्दो हुने सरकारी अधिकारीहरुले बताएका छन् ।

 नयाँ विलहरुलाई ड्राफ गर्नको लागि नयाँ डेटाबेसको मुख्य भूमिका हुने सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?