पुटिन जापान आउनुअघि किशिदा रसिया भ्रमणमा जाने

जापानका विदेश मन्त्री किशिदा रसिया भ्रमणमा जाने भएका छन् । आगामी डिसेम्बर महिनामा भल्दामिर पुटिन जापान आउनुअघि नै किशिदा रसिया भ्रमणमा जाने भएका हुन् ।
किशिदा पुटिन जापान भ्रमण आउनुअघि नै रसिया जान लागेका हुन् । किशिदा र रसियाका सर्जी लाभरोभ विच बुधवार न्युयोर्कमा भेटवार्ता भएको थियो ।
उनीहरु विच पुटिनको जापानमा हुने आगामी भ्रमण बारे छलफल भएको थियो । भेटवार्तामा किशिदाले दुई देश विच भएको शान्ति सन्धिको निष्कर्षमा पुग्नुपर्ने कुरामा जोड दिएका थिए ।
दुवै मन्त्रीहरु रसियामा हुने भेटवार्तामा फेरी त्यस विषयमा छलफल, सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । जापानले दावी गरिरहेको चार समुन्द्री टापुमा रसियाले कब्जा गरेको विषयमा पनि किशिदाले कुरा उठाउने बताएका छन् ।
दोस्रो विश्वयुद्द पछि रसियाले चार टापुहरु आफ्नो नियन्त्रणमा लिएको जापानको दावी रहेको छ । मन्त्रीहरुले बताए अनुसार रसियाका उप-प्रधानमन्त्रीले नोभेम्बर महिनामा जापानको भ्रमण गर्नेछन् ।

किशिदा र लाभरोभ विच दुवै देशका उप-प्रधानमन्त्री स्तरीय वैठक बसाल्ने सहमति भएको जनाईएको छ । केहि दिन अघि जापानका प्रधानमन्त्री सिन्जु आवे अमेरिकाका उपप्रधानमन्त्री जोए विडेंनसंग रसियासंग सुमधुर सम्बन्ध राख्ने विषयमा सहमत भएका थिए ।आवेले न्युयोर्कमा विडेनलाई भेटेका थिए । मैत्रीपूर्ण सन्धि सम्झौताहरुको विषयमा छलफल गर्न पुटिन जापान आउन लागेको आवेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?