जापानमा गोर्खालीहरुको वृहत भेला सेप्टेम्वर २५ मा हुँदै

टोकियो । गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसायमा संलग्न गोर्खालीहरु संगठित हुने भएको छ ।

यहि सेप्टेम्वर ११ तारिख आईतवार वसेको वैठकले गोर्खालीहरुको वृहत भेला आयोजना गर्ने निर्णय गरिएको हो ।

भेला तयारी बैठकले चुडामणि भट्टराईको संयोजकत्वमा १७ सदस्यीय भेला आयोजक समिति समेत गठन गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै गरि उप-संयोजकमा कमला कार्पी रहेकी छिन् भने प्रचार प्रसारमा रविन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

सदस्यहरुमा कपिल वगाले, किशोर अधिकारी, विष्णु तिवारी, ध्रुव अधिकारी, नारायण देवकोटा, राम प्रसाद देवकोटा, रवी लामिछाने, सरिता ढकाल भट्टराई, लक्ष्मण थापा, अर्जुन अमगाई, प्रकाश श्रेष्ठ, नेक गुरुङ, विनोद वानिया र अर्जुन ढकाल रहेका छन् l

सो बैठकले सेप्टेम्वर २५ तारिख आईतवार दिउँसो १ बजे देखि ५ बजेसम्म बारकाडे रेष्टुरेन्टमा वृहत भेला गर्ने निर्णय गरेको संयोजक भट्टराईले बताए ।

भेला आयोजक समितिले उपस्थितीका लागि 08050334036 (संयोजक भट्टराई) र 09058124090 (उप-संयोजक कार्पी) गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?