जापनमा आईफोन ७ एप्पल पे मार्फत अक्टोवरमा मात्र किन्न सकिने

iphone7जापान । आईफोनको प्रख्यात कम्पनि एप्पलले आईफोन ७ र आईफोन ७ प्लस लन्च गरेको छ । जापानमा ती आईफोनहरुको मोवाईल मार्फत खरिद विक्री भने अक्टोबर देखि मात्र सुचारु हुने जनाईएको छ ।

आईफोन उद्घाटन समारोहमै घोषणा गरिए अनुसार ३२ जिबी आइफोन ७ को  मुल्य ६४९  अमेरिकी डलर   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर पर्नेछ ।

पूर्वी जापानबाट एप्पलको खरिद विक्री सेवा एप्पल पे सर्वसाधारणका लागि स्थानीय ट्रान्जिट कार्ड सुईका बाट सजिलै सुचारु हुने जनाईएको छ । आईफोन ७ मा वायरलेस हेडफोनको सुविधाका साथै पानी र धुलोमा केहि पनि नहुने विशेष सुविधा थप गरिएको छ ।

६४ बिट सिस्टमा ४ कोरको ए१० फ्युजन २.४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर भएका नयाँ आइफोन अघिल्लो सस्करण भन्दा ३० प्रतिशत सम्म छिटो र बढि क्षमतामा अपरेट हुन्छन् । स्कीनमा थ्रिडी टच २.० सेन्सर छ । यसमा भएको रेटिना एच डी डिस्लेले पुरानो आइफोन भन्दा २५ प्रतिशत स्क्रीन थप चम्किलो बनाउँछ । स्टोरेजका हिसाबले ३२, १२८ र २५६ जिबीमा आइफोन ७ उपलब्ध छन् ।

पानीमा र धुलोबाट जोगाउन नयाँ आइफोनमा उच्च प्रविधि प्रयोगमा ल्याइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?