इमर्जेन्सी कम्युनिकेशन प्रविधिको विकासको लागि जापान र चीन मिलेर काम गर्ने

जापान । जापानी विदेश मन्त्री फुमियो किशिदाले चीनको पूर्वी समुन्द्री क्षेत्रमा इमर्जेन्सी कम्युनिकेशनको लागि चीन संग तत्काल काम गरिने बताएका छन् ।

xiabeसमुन्द्री क्षेत्रको आसपासमा हुने सम्भावित दुर्घटनाहरुबाट जोगिनको लागि त्यस क्षेत्रमा नयाँ प्रविधि जडान गरिने बारेमा जापानी प्रधानमन्त्री सिन्जु आवे र चिनियाँ राष्ट्रपति सी जिंग पिंग सहमत भएका छन् । किशिदाले त्यस सहमतिको महत्वको बारेमा मंगलवार थप जानकारी दिएका थिए ।

चीनको पूर्व समुन्द्री क्षेत्रमा सामुहिक ग्यासको उत्पादन केन्द्रको विकास गर्ने बारेमा आवे र सी जिंग पिंग विच अर्को हप्ता छलफल हुने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?