जापान । अगष्ट महिनाको मध्यको विदाको समयमा जापानमा धेरै मानिसहरु आउने रेल्वे र विमानस्थलका मानिसहरुले बताएका छन् ।
जापानको जेआर रेल्वेका अपरेटरहरुले नौ दिनको विदाको समयमा १२ लाख भन्दा बढी मानिसहरु शिनकानसेन बुलेट ट्रेन तथा एक्प्रेस ट्रेन प्रयोग गरेर जापान आउने बताएका छन् ।त्यति मात्रामा मानिस आउने भनेको सन् २०१५ को भन्दा ४ प्रतिशतले बढी हो ।
उत्तरी जापानको ओमरी र हकोडातेमा ५० प्रतिशत भन्दा बढी मानिसहरु ओहोरदोहोर गर्ने जनाईएको छ ।स्थानीय उडान मार्फत ४.२ लाख मानिसले १२ दिनमा जापान घुम्ने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।जुन संख्या अघिल्लो वर्षको भन्दा ५ प्रतिशतले बढी हो ।