जनसम्पर्क समिति जापानको मतदान सुरु, केसी प्यानलले मत पत्र च्याते

टोकियो । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति जापानको मतदान विवादकै बीच सुरु भएको छ ।

९ वटा क्षेत्र रहेको जनसम्पर्क समिति मतदान प्रक्रियामा गएपनि तोहोकु, नागोया, किता कान्तो, सिजुओकाको मतपत्र रोशन केसी प्यानलले च्यातिदिएका छन् । नागोयामा च्यातिएपनि जोडेर मतदान सुरु गरेका छन् ।

गुन्मा क्षेत्रमा मतदान प्रक्रिया रोकिएको बुझिएको छ । त्यस्तै गरि ओसाका क्षेत्रमा मतदान सुरु नभएको साथै निगाता मत पत्र नपुगेको बुझिन आएको छ ।

अन्य क्षेत्रमा मतदान चलिरहेको छ । डिपी कंडेल र रोशन केसी प्यानल प्रतिस्पर्धामा जुटेपनि स्थानान्तरणको विषयमा विवाद चर्किएपछि नेपालबाट पत्र काटिएको थियो तर पनि निर्वाचन समितिले मतदान हुने कुरा बताएको थियो ।

यता केसी प्यानलले कांग्रेस केन्द्रिय कार्यलयलाई पत्र पठाई निर्वाचनमा भाग नलिने जानकारी गराएको छ ।

च्यातिएको मत पत्र

image
सिजुओका
नागोया
नागोया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?