जापान।जापानमा मृत्युभएका रमेश तामाङको शव नेपाल पठाउन नेपाली जनसम्पर्क समिति सिजुओकाद्धारा सहयोग अभियान अगस्ट १८ बाट अभियान सुरू गरेको छ ।
उच्च रक्तचापका कारण गत सोमबार जापानमा ज्यान गुमाएका सिन्धुलीका तामाङको शव नेपालमा पठाउन जापानको सिजुओकामा सहयोग अभियान थालिएको हो ।
तामाङ समाज जापानको अपिलमा नेपाली जनसंपर्क समीती सिजुओका तथा जनसम्पर्क समिति जापानको महामन्त्री पदका प्रत्यासी रेशम डंगोलको पहलमा थालिएको अभियानको पहिलो दिनमै ३५ हजार यान संकलन भएको छ ।
आगामी आईतबार सम्म सहयोग संकलन गरिने नेपाली जनसम्पर्क समिति सिजुओकाका सभापति आनन्द पुलामीले जानकारी दिएका छन ।
सिजुओकामा रहेका नेपाली समुदायले सहयोग गर्न चाहेमा आफुलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन । अध्ययनको क्रममा दुईवर्ष देखी जापानको ईकेबुकुरोमा बस्दै आएका रमेश तमांङको पार्थिव शरीर नेपालमा पठाईदिन परिवारबाट आग्रह गरेपछि जापानका विभिन्न संघसंस्थाले रकम संकलन गर्न शुरु गरेका हुन् ।
तामाङको शव नेपाल पठाउन धेरै रकम चाहिने हुदा सहयोग गर्न नेपाली जनसम्पर्क समिति सिजुओकाले अपिल समेत गरेको छ । हालसम्म सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।
आनन्द पुलामी -२००००
रेशम डंगोल- ५०००
मधुकर तामाङ-३०००
प्रताव तामाङ-३०००
ललिता तामाङ-२०००
सानु मोक्तान -२०००
अमिसा तामाङ-२०००
सरोज जंग खड्का- ३०००
रमेश भण्डारी – १०००
सुन्दर श्रेष्ठ – १०००
विरेन्द्र केसी- १०००
उदय बस्नेत-३०००
हरि नेपाली- १०००
बाबुराम सुनार- १०००
रुपक बस्नेत – २०००