जनसम्पर्क समिती जापानको केन्द्रिय सदस्यका लागि पनेरूको उमेद्वारी घोषणा

raju-paneruनेपाली जनसम्पर्क समिति जापानको आगामी २१ तारिख हुने निर्वाचनका लागी राजु पनेरूले केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गरेका छन्।
नेपालको गोरखा जिल्ला घर भएका पनेरू विधार्थी जीवनमा हुँदा नेविसंघमा रहेर सक्रिय राजनैतिक आन्दोलनमा लागेका व्यक्ति हुन्।

सामाजिक सेवा र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउन सदैव अग्रसर हुदैं आएका पनेरुले परिवर्तनशिल र गतिशिल जनसम्पर्कका लागि आफुले उमेद्वारी दिएको बताएका छन् ।

नविन विचारका लागि अहिले सम्मका उपलब्धिहरुलाई संस्थागत गर्दै थप उपलब्धिको लागि सामाजिक कार्य गर्दै अघि बढ्ने  उदेश्य लिएका पनेरुले रोशन केसीको प्यानलबाट उमेद्वारी दिएका हुन् ।
पनेरु लगायत केसीको प्यानलबाट महामन्त्री र कोषाध्यक्षमा क्रमश रेशम डंगोल र सावित्री लामाले उमेद्वारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?