जापानको फुकुसिमा ५.५ रेक्टर स्केलको भूकम्प

earthquakeटोक्यो । जापानको फुकुसिमा प्रान्तमा सोमबार बिहान ५.५ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान विभागले सो जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

सो भूकम्प स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ः०४ बजे गएको हो । यो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पछिल्लो समाचारमा जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु आसपासकै इलाका रहेको र ४० किलोमिटर गहिराईमा रहेको बताइएको छ । यस भूकम्पबाट मानवीय एवम् भौतिक सम्पत्ती क्षतिको कुनै विवरण प्राप्त नभएको बताइएको छ । जापानमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

सन् २०११ को मार्चमा जापानमा ८.८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीको कारण १९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?