टोकियो । जापानका हरेका पाँच मध्ये एक जापानी पुरुष ५० वर्षसम्म विवाह नगरी बस्ने तथ्य पत्ता लागेको छ ।
यसो हुनुको प्रमुख कारण सेक्स डलसँग जीवन विताउनु हो । जापानमा सेक्स डललाई डच वाइफको नामले चिनिन्छ । यस्तो डलको निर्माण टोकियोको फर्म आरिटएल इन्डस्ट्रिजले गर्नै गर्दछ ।
वास्तवमा उक्त डलको छाला र बनावट वास्तविक मानिसको जस्तै देखिने गर्दछ । यस प्रकारका डलको आँखा तथा छाला अन्य मानिसको जस्तै देखिन्छ ।
यस डच वाइफलाई बजारमा तीन लाख रुपैयाँ अर्थात ४ हजार पाउण्डमा किनबेच गर्ने गरिन्छ ।
यसको निर्माण कर्ता कम्पनीले आफूले निर्माण गर्ने यस डलको काफी माग रहेकोे बताएको छ । कम्पनीले फरक–फरक प्रकारमा यस डलको निर्माण गरिरहेको छ ।
खरिदारको माग अनुरुपको फिगर साइज लुक, कपालको स्टाइल राखेर पनि डलको निर्माण गर्ने गरिन्छ । खरिददारको इच्छा अनुसारको पोजिसनमा राख्न मिल्ने हिसाबले यस डलको लेटेस्ट मोडलको रुप भने मुभेबल प्रकारको रहेको कम्पनीले बताएको छ ।
कम्पनीले यस्तो जोइन्ट डलको निर्माण गर्दा डलको आँखा तथा छालाको कलरको सुधार गर्नु पर्ने भएको बताएका छन ।
कम्पनीले आफूले निर्माण गर्ने यस डल आफ्नो कम्पनीको हिस्सा भएको बताउदै यस प्रकारको डललाई अझ वास्तविक बनाउने प्रयास गरिने बताएका छन् ।