जापान । जापानबाट दुईबर्ष पहिले देखि मृगौलामा समस्या देखिएका र हाल दुवै मृगौला फेल भएका खस्यौल-३ सिरुखर्क पाल्पाका ३५ वर्षीय गणेश बहादुर कुँवरलाई आर्थीक सहयोग गरिएको छ ।
गल्कोट स्पोर्टकल्वका महासचिव तथा गल्कोटसमाज क्षेत्रीय समिती टोकियो जापानका सचिव लक्ष्मण कार्कीको सकृयतामा संकलित रकम गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोका अध्यक्ष निम बहादुर खड्काको उपस्थितिमा संकलित जापानी एन १८४७०० जेनिथ रेमिट मार्फत आज हिमालयन बैंक पाल्पा शाखाको गणेश बहादुर कुवरको खाता नं ०२२०२११३५९००१६मा पठाईएको हो ।
डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भने पनि आफूसँग त्यसको लागी आवश्यक १५ लाख रुपैयाँ नभएकोले समस्यामा परेको जानकारी सहित सहयोग गर्न आग्रह गरेकाले यो अभियान संचालन गरेको अभियान कर्ता लक्ष्मण कार्कीले बताए।