टोकियो । म नेपाली ग्रुप जापानले यसपर्ष पनि ‘तीज महोत्सव–२०१६ को आयोजना गर्ने भएको छ ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि तीज महोत्सव आयोजना गर्ने तयारी गरेको ग्रुपकी सदस्य तथा कार्यक्रम संयोजक कमला काप्रीले जानकारी दिइन् ।
तीज महोत्सवका लागि कलाकारहरुको छनोट गर्ने प्रक्रिया सुरु भइसकेको र चाँडै नै कुन कुन कलाकारहरुलाई ल्याउने भन्ने विषयमा सार्वजनिक गर्ने उनको भनाई छ ।
उनले यो कार्यक्रमसँग अन्य कार्यक्रम नजुधाइदिन जापानमा रहेका सम्पूर्ण नेपाली समूदायसँग आग्रह समेत गरेकी छन् । ‘म नेपाली ग्रुप’ जापानमा अध्ययन तथा विभिन्न पेशा र व्यवसायमा संलग्न महिलाहरुको समूह हो ।