टोकियो । जापानको टोकियोमा रहेको निकै पुरानो र चर्चित गोल्डन–गई बारमा भिषण आगलागी भएको छ ।
आगलागीबाट दुई जना गम्भीर घाइते भएको जनाइएको छ । मंगलबार भएको उक्त आगलागी नियन्त्रणका लागि दर्जनौ अग्नी नियन्त्रक परिचालन गरिएको थियो ।
बारमा लागेको आगोका कारण स्थानीय ६ वटा घरमा समेत क्षति पुगेको छ ।
४० वटा दमकल र हेलिकप्टरले ४ घन्टा लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीका कारण सोही स्थानमा रहेको काबुकिचो मनोरञ्जन पार्क, बार र चमेना गृहमा समेत क्षति पुगेको छ ।
बिहान करिब साढे एक बजेको समयमा आगलागी भएको टोकियो आगलागी नियन्त्रण विभागले जानकारी दिएको छ । एक प्रत्यक्षदर्शीका अनुसार विद्युतीय तार सर्ट हुदाँ आगलागी भएको हो ।