टोकियोमा १२औं नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न

जापानको राजधानी टोकियोमा आयोजित दुई दिने १२औं नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा नाकानो शहरमा आयोजना गरिएको दुई दिने नेपाल फेस्टिवल कोभिड महामारीको बढ्दो चुनौती र बढ्दो गर्मीबीच भव्य रुपमा सम्पन्न भएको हो ।

फेस्टिवलको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका थिए । फेस्टिवलमा नेपालको पर्यटन प्रवद्र्धन, मौलिक कला संस्कृतिको प्रवद्र्धनसहित सांस्कृतिक पहिचानसहितका झाँकी, बाजागाजा, नृत्य प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?