टोकियो । जापानको सबैभन्दा ठुलो निजी रेलवे कम्पनी मध्येको एक टोक्यु कर्पोरेशनले आफ्नो कम्पनीको कम्प्युटरहरुमा भाइरस हमला भएको बताएका छन् । कम्पनीका अधिकारीहरुले भाइरस हमला बारे खुलासा गरेका हुन् । साइबर हमलामा परेका कम्प्युटरहरु कम्पनीको टोकियोस्थित मुख्यालयमा रहेका छन् ।
यी कम्प्युटरहरु अन गर्दा स्क्रिीनमा फिरौती रकम माग गरिएको सन्देश घुम्ने गरेको कम्पनीले जनाएको छ ।
जापानको सबैभन्दा ठुलो इलेक्ट्रोनिक कम्पनी हिताचीमा पनि भाइरस आक्रमण भएको छ।