जापान । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ भनेर चिकित्सकहरु बताउने गर्छन् ।
तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । तर जापानमा शाकाहारी भन्दा पनि मांसाहारी खाना नै बढी रुचाउँछन् ।
जापानमा मासुलाई ’नीकू’ भनिन्छ । चिकेन, पोर्क र विफ जापानी भाषामा यही नीकू शब्द बाट ’तोरीनीकू’, ’बूतानीकू’ र ’ग्यूनीकू’ बनेका हुन् । अंग्रेजी प्रभावका कारण चिकेन, पोर्क र बीफ र शाकाहारीहरुका लागि मानिसहरु चिकिन, पोकू , बीफू, बेजीटेरियन जस्ता शब्दहरु प्रयोग गर्न थालेका छन् । यदि तपाईलाई जापानी भाषामा “म मासु खान्न“ भनेर भन्नुछ भने तपाईले ’ नीकू वा दामे देस ’ भनेर भन्नु पर्दछ ।
जापानी भाषाका यस्ता अफ्ठ्याराहरुका बाबजुत पश्चिमी देशहरुमा जस्तै जापानका भोजनालयहरुमा पनि खानाको तस्विर सहितको मेनु राख्ने गरिएको हुन्छ । जसबाट भोजनका लागि जाने जुन सुकै देशका मानिसहरुले आफुलाई पायक पर्ने खानको सजिलै अर्डर गर्न सक्छन् । टाढाबाट हेर्दा त्यो मेनु हेर्दा साच्चैको खानको लागि राखिएको भोजन जस्तै देखिन्छ । तपाईलाई जापानी भाषा बोल्न नआएता पनि ईशारको मद्दतले आफुलाई आवश्यक खाना खान सक्नुहुनेछ ।
त्यस्तो सुविधाहरु भएपनि पनि जापानमा शुद्द शाकाहारी भोजनको कल्पना गर्नु सपना देख्नु सरह हो । किनकी जापानीहरुले कुनै पनि भोजनमा मासुका टुक्रा मिसाएका नै हुन्छन् जस्तो कि हाम्रो देश नेपालमा जे तरकारी पकाए पनि धनियाँ हालिएको नै हुन्छ ।
यदि मासु खानबाट आफुलाई जोगाए पनि समुन्द्री भोजनबाट बच्न धेरै नै मुश्किल हुनेगर्छ । जापानमा सबैभन्दा प्रचलित सुप ’मिशो सुप’ मा पनि सुकेको माछाहरुको प्रयोग गरिएको हुन्छ । खासमा भन्नुपर्दा जापानमा शाकाहारी भोजनको कुनै तरिका नै छैन भनेपनि हुन्छ ।
यदि तपाई कुनै जापानीको घरमा पाहुना हुन जानुभयो र आफुलाई शाकाहारी भन्नुभयो भने उनीहरु धेरै नै अचम्ममा पर्छन् किनकी उनीहरुले मांसाहारी भोजन, सी फुड पनि नखाने मान्छे होलान् भनेर सोचेका पनि हुँदैनन् । जापानी परिवारमा शाकाहारी भोजन गर्ने मान्छे पाहुना हुन जानु भनेको उनीहरुलाई दुख दिनु सरह हुनेगर्छ ।
जापानमा शाकाहारी भोजन जस्तै कुनै भोजन गर्ने तरिका छ भने त्यो ’शोजिन र्योरी ’ अथवा धार्मिक भोजन हो ।जापानको क्योटो क्षेत्रका कैयौं मन्दिरहरुमा तपाईले त्यस्ता भोजनालयहरु देख्न सक्नुहुनेछ ।
त्यस प्रकारका भोजनमा सोयाबीन, टुसा उम्रिएका अन्नहरु र हरिया सागपातहरुको प्रयोग हुनेगर्छ । शाकाहारी भोजनको प्रख्यात आलु भने तपाईले त्यहाँ देख्न सक्नुहुन्न ।
जापानी भोजन पद्धितिमा व्यंजनहरुलाई सजाएर प्रस्तुत गर्ने व्यापक चलन रहेको हुन्छ ।जापानमा नेपालमा जस्तो चामलको भात बनाएर भन्दा पनि प्रायजसो सुप बनाएर खान पर्दछ किनकि त्यहाँ दाल जस्तो कुनै चिज हुँदैन ।
माथिको तस्विरमा उम्लेको मटर र गाजरसंग गुलाव जामुन जस्तो जे देखिएको छ त्यो सखरखण्ड हो । साथमा त्यहाँका स्थानीय खानेकुराहरु हुन् ।