आफू र मन्त्रीको तलब घटाउँदै जापानी प्रधानमन्त्री ताकाइची

जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी सानाए ताकाइचीले आफ्नै तलब घटाउने भएकी छन् ।

जापान टाइम्सका अनुसार ताकाइचीले आफू र आफ्नो मन्त्रिपरिषदका सदस्यको तलब कटौती गर्न उनले सरकारी कर्मचारीको तलबसम्बन्धी कानुनमा संशोधन गर्ने तयारी गरेकी छन् ।

संसद्को चालु सत्रमा यसबारे छलफल सुरु हुनेछ । कानुन संशोधनले अहिले प्रधानमन्त्री र मन्त्रिपरिषद्मा रहेका अन्य मन्त्रीहरूलाई दिइरहेको अतिरिक्त भत्ता रोकिनेछ ।

प्रशासनिक कार्यकुशलता र वित्तीय सुधारका लागि आफूले गरेको प्रतिबद्धता कार्यान्वयनका लागि उनले यो कदम चालेकी हुन् ।

ताकाइचीले लामो समयदेखि मन्त्रीहरूको सेवासुविधा कटौतीको मुद्दा उठाउँदै आएकी थिइन् ।

गत अक्टोबरमा प्रधानमन्त्री बनेपछि आयोजित पत्रकार सम्मेलनमा उनले कानुन निर्माताहरूलाई गरिँदै आएको अतिरिक्त भुक्तानी बन्द गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?