जापानमा यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

जापानको ह्योगो प्रिफेक्चर प्रहरीले महिलामाथि यौन दुर्व्यवहार गरेको आशंकामा एक ३६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

ती व्यक्तिले कोबे सहरमा रहेको एक भवनमा नशालु पदार्थ सेवन गरेकी महिलामाथि यौन दुर्व्यवहार गरेको प्रहरीको आशंका छ ।

यो घटनाले स्थानीय समुदायमा चिन्ता बढाउनुका साथै महिलाको सुरक्षामाथि समेत प्रश्न उठेको छ ।

प्रहरीका अनुसार आरोपी युकी ओत्सुका ह्योगो प्रिफेक्चरको अमागासाकी सहरमा एक कम्पनीमा कार्यरत कर्मचारी हुन् ।

उनीमाथि २३ सेप्टेम्बरको बिहान चुओ वार्डस्थित भवनको पहिलो तलाको प्रवेशद्वारमा यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार पीडित महिला अघिल्लो रात साथीहरूसँग एउटा रेस्टुरेन्टमा मदिरा पिएर एक्लै घर फर्किरहेकी थिइन् ।

महिलाले आफूमाथि यौन दुर्व्यवहार भइरहेको थाहा पाएपछि चिच्याएलगत्तै उनी भागेको र सीसी क्यामेरामा कैद भएको फुटेजबाट युवकको पहिचान भएको प्रहरीको भनाई छ ।

प्रहरीले ओत्सुकाले अभियोग स्वीकार गरेको बताएको छ । प्रहरीले महिलाहरूलाई रातको समयमा सतर्क रहन र यस्ता घटनाबारे तत्काल जानकारी दिन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?