जापानबाट चार नेपालीलाई जबरजस्ती फिर्ता पठाइयो

टोकियो – जापानमा अवैध रूपमा बसोबास गरिरहेका चार जना नेपाली नागरिकलाई यहाँको अध्यागमन विभागले पक्राउ गरी नेपाल फर्काएको छ।

उक्त व्यक्तिहरूमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई फरक-फरक वायुसेवा कम्पनीमार्फत नेपाल पठाइएको बताइएको छ।

अध्यागमन स्रोतका अनुसार, यो फिर्ती कारवाही गत हप्ता सम्पन्न गरिएको हो। यसअघि पनि जापानले यस्तै प्रक्रियामा सात जना नेपालीलाई देश निकाला गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?