BREAKING NEWS: भिसा नवीकरण र जापान प्रवेश नियम कडा हुँदै !

टोकियो- हाल जापान सरकारले विदेशी नागरिकहरूको भिसा नवीकरण र सामाजिक सुरक्षासँग सम्बन्धित नीतिहरूमा कडाइ गर्ने योजना बनाएको छ।

जापानको सामाजिक सुरक्षा र भिसा नीतिमा प्रस्तावित कडाइ

सामाजिक बीमा र भिसा नवीकरण

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले राष्ट्रिय स्वास्थ्य बीमा (国民健康保険) वा पेन्सन (厚生年金) जस्ता सामाजिक बीमा शुल्क तिर्नु अनिवार्य छ। यदि ती शुल्कहरू तिर्नेमा लापरवाही देखिएको खण्डमा, भिसा नवीकरण वा स्टाटस परिवर्तनको प्रक्रियामा असर पर्न सक्छ। यस सम्बन्धमा, 2018 मा जापानको न्याय मन्त्रालयले सामाजिक बीमा शुल्क तिर्ने कुरालाई भिसा नवीकरणको मूल्यांकनमा समावेश गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य बीमा प्रणालीमा सुधार

जापान सरकारले स्वास्थ्य बीमा प्रणालीमा सुधार ल्याउने उद्देश्यले विभिन्न कदमहरू चालेको छ। उदाहरणस्वरूप, 2024 डिसेम्बर 2 देखि, परम्परागत स्वास्थ्य बीमा कार्डको सट्टा, माईनम्बर कार्डलाई स्वास्थ्य बीमा कार्डको रूपमा प्रयोग गर्ने व्यवस्था लागू गरिएको छ ।

अघिल्लो उपचार खर्च नतिरी फर्किएका विदेशी नागरिकहरू

जापानमा उपचार गराई बिना भुक्तानी फर्किएका विदेशी नागरिकहरूको संख्या बढ्दै गएको छ। यस समस्यालाई समाधान गर्न, जापान सरकारले यस्तो व्यवहार दोहोर्याउने नागरिकहरूलाई भविष्यमा देश प्रवेशमा रोक लगाउने व्यवस्था गर्ने योजना बनाएको छ ।

विशेष सीप भिसा (Specified Skill) र कम्पनीहरूको जिम्मेवारी

विशेष सीप भिसामा काम गर्ने श्रमिकहरूको बीमा तिर्ने अवस्था जाँच गर्ने प्रक्रिया कडाइ गरिएको छ। यदि कुनै कम्पनीले सामाजिक बीमा शुल्क तिर्नेमा लापरवाही गरेको पाइएमा, त्यस कम्पनीलाई विदेशी कामदारहरू राख्न अनुमति नदिने व्यवस्था प्रस्तावित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?