नागोया- अर्घाखाँची समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन आइतबार नागोयामा सम्पन्न भएको छ। अधिवेशनले मनोज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
उपाध्यक्षमा अनिल पौडेल र निमानन्द आचार्य चयन भएका छन् । त्यसैगरि सचिवमा सविता पन्थी सह-सचिवमा माधव खत्री कोषाध्यक्ष मनोज पौडेल सदस्यहरु कृष्ण भुसाल कोपिला पन्न्थी पशुपति पाण्डे चयन भएका छन् । क्षेत्रिय समिति नागोयाको संरक्षकमा चंद्र प्रकाश भुसाललाई जिम्मेवारी प्रदान गरीएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजका पूर्व अध्यक्ष एवं संरक्षक बाबुराम पौडेलले संस्थाको सुरुवाती यात्रा, योगदान र सामाजिक उत्तरदायित्वको चर्चा गर्दै समाजलाई अझ सशक्त र समावेशी बनाउनेतर्फ जोड दिनुपर्ने बताउनुभयो।
अधिवेशनका विशिष्ट अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष कृष्ण के.सी. ले नव-निर्वाचित नेतृत्वलाई बधाई दिँदै समाजको भावी यात्रामा केन्द्रीय समितिको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा एनआरएनए एशिया–प्यासिफिक उप–संयोजक दीपक कार्की, प्रवासी अन्तर्राष्ट्रिय समिति सदस्य एवं मलेसिया इन्चार्ज सरोज कडेल, NRNA नागोया संयोजक भेषनाथ गौतम, समाजका सल्लाहकार गणेश रायमाझी, उपाध्यक्ष मनीष खनाल, सचिव सरोज भुसाल, विद्यार्थी संयोजक नारायण भट्टराई रायमाझी, लगायतले बोल्दै अर्घाखाँचीबासीहरूबीच सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए।
नव-निर्वाचित अध्यक्ष मनोज खनालले कार्यसमितिले आगामी दिनहरूमा विविध सामाजिक, सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी समुदायमा एकता र सहकार्य कायम गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय सचिव असीम खनालले गर्नुभएको थियो।
