पहिलो बच्चा जन्मदा पनि निःशुल्क बाल स्याहार सुविधा

जनसंख्या वृद्धिको ऋणात्मक अवस्थाको सामना गरिरहेको जापानले जन्मदर बढाउन अनेकौं प्रयास गरिरहेको छ । जन्मदर बढाउन जापान सरकारले आर्थिक वर्ष सन् २०२३ देखि नै एकमुस्ट आर्थिक सहयोग गर्दै आएको छ ।

जापान सरकारले बच्चा जन्माउदा एकमुस्ट रुपमा ४ लाख २० हजार येन दिन सुरु गरेको थियो । अब सरकारले यो रकम बढाएर ५ लाख येन बनाएको छ ।

तर टोकियोबासीले यो रकम अपुग भएको गुुनासो गरेपछि महानगरले अतिरिक्त १० मान येन सहयोग थप गर्ने भएको छ ।

योसँगै जापान सरकारले प्रसूतिका समयमा दिने ५० मानमा टोकियो महानगरले १० मान थपेसँगै ६० मान अर्थात ६ लाख जापानी येन प्राप्त गर्नेछन् ।

यतिमात्रै होइन टोकियो महानगरले अब पहिलो सन्तानलाई पनि बाल स्याहार निःशुल्क गर्ने भएको छ । यसअघि यो सुविधा दोस्रो र त्यसपछिका सन्तानलाई मात्रै उपलब्ध गराउँदै आएको थियो ।

अब टोकियोमा बच्चा जन्माउनेहरुले बाल स्याहार शुल्क तिर्नुपर्ने छैन । सरकारले अभिभावकको आर्थिक भार कम गर्न र सरकारले जन्मदर वृद्धि वा कम्तीमा स्थिर राख्नका लागि यो योजना अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?