बढ्दो मुल्य बृद्धि र पूरक बजेट मस्यौदाबारे प्रधानमन्त्री किसिदाले थाले छलफल


टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदाले गत महिना आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेपछि पहिलो पटक मुल्य बृद्धि र पूरक मस्यौदा बजेटबारे छलफल थालेका छन् ।

सांसदहरूसंग रहेर किसिदाले बढ्दो मूल्य र मस्यौदा पूरक बजेटबारे छलफल गर्ने भएका हुन् ।
जापानको डाइटले शुक्रबार विशेष अधिवेशन आह्वान गरी यसबारे छलफल थालेको हो ।


तल्लो सदनमा, पूर्व अर्थमन्त्री नुकागा फुकुशिरो, लिबरल डेमोक्र्याट, हिरोयुकी होसोदाको उत्तराधिकारीका लागि चेम्बरको सभामुखको रूपमा चयन गरिएको छ ।


बैठकअघि किशिदाले आर्थिक नीति र उच्च मूल्यलाई सम्बोधन गर्ने उपायहरूबारे गहिरो छलफल गरेर परिवर्तनका अवसरहरू सिर्जना गर्ने र ती अवसरहरूलाई शक्तिमा रूपान्तरण गर्ने आफ्ना योजनाहरूलाई ध्यानपूर्वक व्याख्या गर्न चाहेको पत्रकारहरूलाई बताए ।

बैठकमा बोल्दै विपक्षी संवैधानिक प्रजातान्त्रिक पार्टीका प्रमुख इजुमी केन्टाले मुल्य बृद्धिका सन्दर्भमा आफ्नो पार्टी सरकारका उपायहरूबाट चालिएका कदममा साथ रहने बताउँदै महत्त्वपूर्ण समस्या समाधानका लागिआवश्यकता अनुसार आर्थिक उपायहरूलाई प्राथमिकता दिने बताए ।

अधिवेशन पुस १३ गतेसम्म चल्नेछ ।

किशिदाले आगामी सोमबार नीतिगत भाषण दिने कार्यक्रम छ भने मंगलबारदेखि तीन दिनसम्म प्रश्नोत्तरको सत्र हुनेछ ।

लिबरल डेमोक्र्याटिक पार्टी र कमेटोको सत्तारुढ गठबन्धन र सरकारले नयाँ आर्थिक उपायहरू कम्पाइल गर्ने र खर्चका लागि पूरक बजेटको मस्यौदा पेश गर्ने योजना बनाएको छ, जसमा अधिवेशन अन्त्य हुनु अघि विधेयक पारित गर्ने लक्ष्य छ।

प्रधानमन्त्रीले जनतालाई परेको बोझ कम गर्न सीमित अवधिका लागि आयकर कटौतीबारे अध्यय犀利士 न गर्न सत्तारुढ गठबन्धनलाई निर्देशन दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?