
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी नौ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमासको आक्रमणबाट नेपाली घाइते भएको पुष्टि गरेको हो । घाइते नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटको अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता समेत जनाएको छ ।
