युनिफिकेसन चर्च भंग गर्ने तयारीमा जापान सरकार

जापान सरकार एउटा विवादास्पद युनिफिकेशन चर्च विघटन गर्ने तयारीमा लागेको छ । जसका लागि अदालतको आदेश प्राप्त गर्न प्राप्त गर्ने अन्तिम तयारी गरिरहेको छ ।

संस्कृति मन्त्रालयको सल्लाहकार समितिले १२ अक्टोबरसम्ममा यसबारेमा छलफल गर्ने तयारी गरेको छ ।

युनिफिकेशन चर्चका सदस्यहरु र अन्य शंकास्पद अभ्यासहरुबाट चर्चमा विश्वास राख्नेहरुबाट अत्यधिक चन्दा माग्ने गरेको आरोप लागिरहेका बेला यो धार्मिक समूहमाथिको लामो अनुसन्धानपछि युनिफिकेशन चर्च विघटन गर्ने निर्णयमा सरकार पुगेको हो ।

सरकारको कदमबाट युनिफिकेशन चर्चले जबर्जस्ती चन्दा असुल्दै आएको आरोप पुष्टि भएको अनुमान गरिएको छ । गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या हुनुमा पनि यो चर्चसँगको शंकास्पद सम्बन्ध हुनसक्ने बताइन्छ ।

जसमा पीडित भनिएका व्यक्तिले नै गोली हानेका थिए । यो घटनापछि युनिफिकेशन चर्चमाथिको अनुसन्धान तीव्र पारिएको थियो ।

जसमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुको सो चर्चसँग साँठगाँठ र शंकास्पद सम्बन्धहरु बाहिर आएको थियो ।

कानुनअनुसार अदालतले कुनै धार्मिक संगठन भंग गर्ने आदेश त्यस संगठनले कानुन र नियमको उल्लंघन गर्दै जनकल्याणका लागि हानिकारक भएको ठहर भएमा भंग गर्ने आदेश दिनसक्छ ।

अदालतले यसलाई भंग गर्ने आदेश दिएमा युनिफिकेशन चर्चले धार्मिक संगठनको मान्यता गुमाउने छ र भू–सम्पत्ति करमा छुटजस्ता लाभबाट वञ्चित हुनेछ । तर उसलाई धार्मिक गतिविधि जारी राख्न भने अनुमति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?