जापानले फुकुशिमाको पानीको दोस्रो खेप ५ अक्टोबरदेखि समुद्रमा मिसाउने

जापानले विवाद र आलोचनाबीच ५ अक्टोबरदेखि फुकुशिमा दाइची परमाणु संयन्त्रको पानीको दोस्रो खेप प्रशान्त महासागरमा मिसाउने भएको छ ।

चीन, रुस, उत्तर कोरिया, दक्षिण कोरिया, सोलोमन द्विपसहितका राष्ट्रहरुको चर्को विरोधबीच जापानले क्षतिग्रस्त फुकुशिमा आणविक ऊर्जा केन्द्रको प्रशोधित रेडियोधर्मी पानी समुद्रमा मिसाउन लागेको हो ।

यसअघि पहिलो चरणमा २४ अक्टोबरदेखि पानी समुद्रमा मिसाएको जापानले दोस्रो खेप पनि ५ अक्टोबरबाट प्रशान्त महासागरका छाड्ने भएको हो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्स इंकले करिब १७ दिनमा ७ हजार ८ सय टन पानी समुद्रमा छाड्ने तयारी गरेको हो ।

प्रशोधित पानी समुद्रमा मिसाउनुअघि मंगलबार ट्रिटियमको स्तर परीक्षण गरिनेछ । समुद्र किनारमा बसोबास गरिरहेका स्थानीयबासी, माछा मार्ने समुदाय र चीनको कडा विरोधबीच जापानले २४ अगस्टदेखि ११ सेप्टेम्बरसम्म पानी समुद्रमा मिसाएको थियो ।

पानीमा ट्रिटियमको स्तर विश्वव्यापी सुरक्षा मापदण्डभन्दा कम भएको जापानको दाबी छ । तर चीनले आणविक संयन्त्रको पानी मिसाएको भन्दै जापानबाट सी फुडको आयातमा प्रतिबन्ध लगाएको छ ।

जापानले प्रतिबन्ध फ樂威壯 ुकुवा गर्न र दुवै देशका विज्ञहरुसँग वैज्ञानिक प्रमाणमा आधारित छलफलमा सहभागी हुन अनुरो गरिरहेको छ । तर चीनले जापानको प्रस्ताव स्वीकार गरेको छैन ।

जापानी अधिकारीहरुले हालसम्म ऊर्जा प्लान्टको वरिपरी संकलन गरिएको समुद्री पानी वा माछाको नुमनाहरुमा ट्रिटियमको स्तर पत्ता नलागेको जापानी अधिकारीहरुले दाबी गर्दै आएका छन् ।

टेम्को र सरकारले सन् २०११ मा विनाशकारी भूकम्प र सुनामीको कारण नराम्ररी क्षतिग्रस्त पारमाणविक संयन्त्रलाई विघटन गर्ने दिशामा प्रशोधित पानीको विसर्जन महत्वपूर्ण कदम भएको जनाएको छ ।

पग्लिएको आणविक इन्धनलाई चिसो पार्न प्रयोग गरिएको र वर्षा तथा जमिनको पानीमा मिसिएको प्रशोधित पानीको मात्रा प्लान्टको भण्डारण क्षमताको सीमामा पुगेपछि टेप्कोले मार्चदेखि चार चरणमा करिब ३१ हजार टन रिलिज गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?