जापानमा नेपाली विद्यार्थी मृत अवस्थामा भेटिए

जापानमा एक नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । अध्ययनका लागि जापान आएका धादिङको थाक्रे ८ का दिनेश थापा २७ सेप्टेम्बरमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

२३ वर्षीय थापालाई बिहान करिब ५ बजे आफू बस्ने कोठा नजिकैको रुपमा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेको धादिङ सम्पर्क समिति जापानले जानकारी दिएको छ ।

घट威而鋼 नाको प्रकृति हेर्दा आफैंले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । यद्यपि आत्महत्याको कारण भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाइएको छ ।

थापा हिगाशी निहोन कोसुसाई दाई गाकोउ फुकुशिमा इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थिए ।

उनका बाबु अस्वस्थ भएका कारण उपचाररत रहेको र छोराको अन्त्येष्टि नेपालमा नै गर्ने चाहाना व्यक्त गरेको धादिङ समाज जापानका अध्यक्ष श्यामहरि तिमिल्सिनाले बताएका छन् ।

उनले थापाको शव नेपाल पठाउनका लागि एनआरएनए जापानमार्फत सहयोगका लागि जापानबासी नेपालीसँग अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?