जापानले चीनमा निर्यात गर्ने सी फुडमा ७५ प्रतिशत गिरावट

जापानले चीनमा निर्यात गर्ने सी फुडमा ७५ प्रतिशत गिरावट देखिएको छ ।

गत अगस्टमा फुकुशिमा दाइची परमाणु ऊर्जा संयन्त्रको पानी प्रशान्त महासागरमा मिसाएपछि चीनले जापानी सी फुडको आयातमा प्रतिबन्ध लगाएको छ ।

जसको नराम्रो असर जापानी सी फुड कम्पनीहरुमा परेको छ । गत वर्षको तुलनामा अगस्टमा चीनमा निर्यात ७५ ले कम भएको छ ।

जापानको वित्त मन्त्रालयले समुद्री खाद्य उत्पादनको निर्यात करिब २.१८ अर्ब येन अर्थात करिब १.४६ करोड डलरको मात्रै कारोबार गत महिना भएको छ ।

जापानले समुद्रमा रासायनिक पदार्थ मिश्रित पानी मिसाएको भन्दै २४ अगस्टमा आयात प्रतिबन्ध लगाएको थियो ।

जापान सरकारले चीनको प्रतिबन्धपछि मत्स्य उद्योगका लागि 必利勁 आपतकालीन राहतका उपाय अन्तर्गत १३.९ करोड डलर खर्च गर्ने घोषणा गरेको छ ।

यो रकम उद्योगलाई पुगेको क्षति कम गर्ने उद्देश्यले छुट्याएको ५३.५ करोड डलरभन्दा अलग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?