शिजुओकामा दुई बिरामीको हत्यापछि आत्महत्या

犀利士 g”>

जापानको शिजुओका प्रान्तको फुजिनोमियाको एक अस्पतालमा छुरा प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो अस्पतालमा ७३ वर्षीय पुरुषले उपचारका लागि भर्ना भएका ७० वर्षीया महिला र उनकी छोरीलाई छुरा प्रहार गरी हत्या गरेर आफैंलाई समेत छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको पनि मृत्यु भएको हो ।

प्रहरीले हत्याको घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । बुधबार दिउँसो करिब साढे २ बजेतिर फुजिनोमियाको फुजी ब्रेन डिसअर्डर रिसर्च इन्स्टिच्युट अस्पतालका एक कर्मचारीले बिरामीमाथि छुरा प्रहार गरेको जानकारी प्रहरीलाई गराएका थिए ।

प्रहरीका अनुसार अस्पतालमा भर्ना भएका ७२ वर्षीया चिजुको साइतो र उनकी छोरी ४० वर्षीय सेइकोमाथि छुरा प्रहार गरेर अभियुक्तले आफूमाथि समेत छुरा प्रहार गरेका थिए ।

अस्पतालमा उनीहरुलाई ६ महिनादेखि उपचारका लागि भर्ना गरिएको र उनी दुई दिनमा एक पटक भेट्न आउने गरेका थिए । अस्पतालका अनुसार हालसम्म उनले त्यस्तो कुनै गतिविधि गरेका थिएनन् ।

तर बुधबार अस्पतालमा चेक इन गरेपछि पहिले छोरीलाई र त्यसपछि अर्को तलामा गएर श्रीमतीलाई छुरा हानेपछि आफूले पनि आत्महत्या गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?