प्रविधि भित्र्याउन धुलिखेलका महिलालाई जापानी भाषा र सीप तालिम

樂威壯 image-42.png”>

काभ्रेको धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम प्रदान गरेको छ ।

नगरपालिकाले गत चैतमा जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग प्रविधिका बारेमा ६ महिने सम्झौता गरेको थियो ।

सम्झौताअनुसार जापानका विभिन्न १० वटा कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिने र रोजगारीमा सिकेको सीपलाई प्रयोग गरी धुलिखेलमा जापानी प्रविधिमा कृषि उत्पादन गर्नुपर्ने उल्लेख छ ।

यो योजना कार्यान्वयनका लागि जापानी भाषा तथा सीप कक्षा गत वैशाखदेखि सुरु गरिएको हो ।

जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षणमा उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने छ ।

जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहेमा नगरले प्रविधिमा सहयोग गर्ने मेयर अशोक व्यान्जुले बताए ।

नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन महिलालाई गुणस्तरीय जापानिज भाषा (एन–४ लेभलसम्मको) तथा आवश्यक सीप सिकाइबारे कक्षा सञ्चालन गरेको हो ।

जसमा २० वर्षदेखि ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न भएका परिवारका सदस्यलाई सामेल गराइएको छ । सो कक्षामा हाल ४० जना महिला अध्ययन गरिरहेका छन् ।

आगामी अक्टोबरमा अध्ययनरत महिलाको अन्तिम सीप परीक्षण हुनेछ । यो परीक्षा उत्तीर्ण गर्नेलाई जापान पठाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?