जापानी येन वर्षकै कमजोर, एक डलरका लागि १४९.०९ येन तिर्नुपर्ने

जापानी येन वर्षकै कमजोर हुँदा मुद्रा बिनिमयमा असर परेको छ । टोकियो विदेशी मुद्रा बिनिमय बजारमा जापानी येनको भाउ गत वर्षको अक्टोबर यताकै कमजोर अवस्थामा पुगेको हो ।

अमेरिकामा मौद्रिक कडाई लामो समयसम्म कायम रहने विश्लेषणका कारण येन छाडेर डलरमा लगानी बढ्दा डलरको तुलनामा येन कमजोर देखिएको हो ।

मंगलबार जापानी येनको विनिमय दर प्रति १ डलर बराबर १४९.०९ येनसम्म झरेको छ ।

बैंक अफ जापानले ठूलो मात्रामा मौद्रिक सहजताका उपायहरू कायम राख्ने घोषणा गरेको छ भने अमेरिकामा मौद्रिक कडाई थप लम्बिने संकेत देखिएपछि लगानीकर्ताहरु येन बेचेर डलर किन्ने होडमा देखिए ।

जापानको केन्द्रिय बैंकको पछिल्लो मौद्रिक नीति बैठकले मौद्रिक सहजताको नीति कायम रहने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?