इलेक्ट्रोनिक भिसा आवेदन विस्तार गर्ने जापानको तयारी

जापान सरकारले इलेक्ट्रोनिक भिसा आवेदन प्रणाली विस्तार गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस नियन्त्रणसम्बन्धी सबै प्रतिबन्ध हटाएसँगै जापान आउने पर्यटकको संख्यामा भारी वृद्धि भइरहेका बेला इलेक्ट्रोनिक भिसा आवेदन प्रणालीलाई प्राथमिकता दिएर विस्तार गर्न लागिएको हो ।

जापानी विदेश मन्त्रालयले मार्चमा ११ देश र क्षेत्रहरुमा अनलाइन सेवा सुरु गरेको थियो भने जुनमा चीनमा पनि यो सेवा विस्तार गरेको थियो ।

अनलाइन भिसा आवेदन गर्दा आवेदकहरुले स्थानीय जापानी दूतावास वा वाणिज्य दूतावासमा नगई छोटो समयमै जापान भ्रमणका लागि भिसा प्राप्त गर्न सक्छन् ।

सन् २०२३ को ८ महिनामा मात्रै जापानमा करिब १ करोड ५१ लाख विदेशी पर्यटक जापान भ्रमणमा गएका छन् ।
यो तथ्यांक कोभिड महामारी सुरु हुनुअघिको कुल संख्याको ६९ प्रतिशत हो ।

अनलाइन प्रणालीमा ल्याएपछि जापान भ्रमणका लागि आवेदन गर्नेको संख्या वृद्धि हुने अपेक्षा विदेश मन्त्रालयले गरेको छ ।

यो योजनाअनुसार चीन बाहेक सबै देश र क्षेत्रका आवेदकहरुले क्रेडिट कार्डको प्रयोग गरेर भिसा शुल्क तिर्न सक्नेछन् ।

प्रयोगकर्ताहरुलाई उनीहरुको भिसा आवेदनको नतिजा इमेलबाट जानकारी दिइनेछ । प्रणालीको वेबसाइटमार्फत वा विमानमा चढ्ने वा देश प्रवेश गर्दा आफ्नो स्मार्टफोटबाट भिसा देखाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?