टोकियोमा धान काट्ने कार्यक्रममा सहभागी भए बालबालिका

जापानको राजधानी टोकियोमा बालबालिकाहरु धान काट्ने कार्यक्रममा सहभागी भएका छन् ।

बालबालिकालाई कृषि कार्यको सामान्य जानकारी तथा अनुभवका लागि पनि यसरी खेतीमा सहभागी गराइने गरेको छ ।

टोकियोको रोप्पोंगी हिल्समा धान काट्ने कार्यक्रममा सहभागी भएर बालबालिकाहरुले धान काट्ने अनुभव लिएका हुन् ।

हरेक वर्ष सञ्चालन हुँदै आएको कार्यक्रमले स्थानीय बासिन्दा तथा रोप्पोंगी हिल्ससँग सम्बन्धित कर्मचारीहरूलाई परम्परागत धान खेतीको अनुभव प्रदान गर्दै आएको छ ।

सहभागीहरुले तोयामा प्रिफेक्चरको स्थानीय जात फुफुफु धान काटेर अनुभव लिएका थिए । धान रोप्पोंगी हिल्सको छतको बगैंचामा रोपिएको थियो ।

हँसियाले धान काट्ने, घाममा सुकाउने धान झुण्ड्याउने, पहिल्यै काटेको धान थ्रेस गर्ने जस्ता परम्परागत विधिहरू प्रयोग गरी बा樂威壯 लबालिकाले मनोरञ्जन पनि लिएका थिए ।

सो अवसरमा तोयामा प्रिफेक्चरको गोकायामा क्षेत्रको कोकिरिको भन्ने लोक गीतमा आधारित सासारा ओदोरी नामक नृत्य, पूजा अर्चना र राम्रो फसल मनाउने अनुष्ठान समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?