पानी फाल्न सुरु गरेको एक महिनामा यस्तो भयो फुकुशिमा संयन्त्र

फुकुशिमा दाईची परमाणु संयन्त्रबाट रेडियोएक्टिभ पदार्थ मिसिएको पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको एक महिना भएको छ ।

यस क्रममा प्रशान्तमा पानी फाल्ने योजनाको पहिलो चरण ११ सेप्टेम्बरमा नै पूरा भएको छ ।

सन् २०११ मा आएको महाभूकम्प तथा सुनामीका कारण फुकुशिमा दाइजी परमाणु संयन्त्रमा क्षति पुगेपछि त्यसका तीन वटा रिएक्टर चिस्याउन पानीको प्रयोग गरिएको थियो ।

संयन्त्रको पानीबाट अधिकांश रेडियोधर्मी पदार्थ हटाउनका लागि प्रशोधन गरिएको छ । यद्यपि अझै यसमा ट्रिटियम नामको पदार्थ भने बाँकी नै रहन्छ । प्रशोधित पानीले परिएका एक हजारभन्दा बढी ट्यांकीहरु छन् ।

प्रशोधित पानी महासागरमा मिसाउनुअघि संयन्त्र सञ्चालक, टोकियो इलेक्ट्रिक पावर कम्पनी टेप्कोले प्रशोधित पानीमा रहेको ट्रिटियमको स्तरलाई विश्व स्वास्थ्य संगठनको पेयजल सम्बन्धी दिशानिर्देश नजिक करिब सातौं तहसम्म पुर्‍याउने गर्छ ।

टेप्कोले पहिलो चरणमा करिब ८ हजार टन प्रशोधित पानी छाडेको जनाएको छ । जुन पानी विद्युत गृहमा १० वटा ट्यांकीमा भरे बराबर थियो ।

पानी समुद्रमा छाडेपछि टेप्कोका साथै केन्द्र र स्थानीय सरकारका अधिकारीहरुले बिजुली घरबाट टाढा समुद्रका केही स्थानबाट नमुनाका रुपमा लिएको नमुनाको जाँच पनि गरिरहेका छन् ।

अहिलेसम्मको जाँचमा प्रतिलिटर पानीमा ट्रिटियमको अधिकतम घनत्व १० बेक्वेरल पाइएको छ । यो मात्रामा प्रति लिटर ७०० बेक्वेरलको स्तरमा निकै कम हो । जसलाई टेप्कोले समुद्रमा मिसाउनका लागि अधिकतम स्तर तय गरेको छ ।

यसको अर्थ पर्यावरणमा यसको असर एकदमै कम हुनेछ । माछाहरुमा गरिएको नमुना विश्लेषणमा पनि घनत्व १० बेक्वेरलको निर्धारित स्तरभन्दा तल पाइएको छ ।

कम्पनीले आगामी वर्ष मार्चमा समाप्त हुने आर्थिक वर्षभित्र चार चरण पूरा गर्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?