जापानमा विद्यालयको खाजामा भेटियो साङ्लो र चिप्लेकिरा

जापानको कुमामोतो प्रिफेक्चरको यामागामा रहेको एक प्राथमिक विद्यालयको खाजामा साङ्लो र चिप्लेकिरा भेटिएको कुमामोतो शिक्षा बोर्डले जनाएको छ ।

शिक्षा बोर्डले विज्ञप्ति जारी गर्दै कामोतो प्राथमिक स्कुलका खाजामा कीरा भेटिएको जनाएको हो ।

सेप्टेम्बर १ मा १ सेन्टिमिटर लामो साङ्लो र सेप्टेम्बर १५ मा १.५ सेन्टिमिटर लामो चिप्लेकिरा फेला परेको थियो ।

दुवै कीरा पकाएको जौको चामलमा फेला परेको थियो । जुन चामल अन्य विद्यालयलाई पनि उपलब्ध गराइए पनि यस्तो गुनासो आएको छैन ।

यद्यपि यी खानेकुरा खाएका कारण कुनै पनि बालबालिका बिरामी भएको गुनासो भने आएको छैन ।

विद्यालयको खाजा तयार गर्ने सहरको खाद्य सेवा केन्द्र बिग्रँदै गएको ठहर गर्दै शिÞक्षा बोर्डले अर्को सातादेखि विद्यालयलाई अन्य खाद्य केन्द्रमा बनाइएको खाना उपलब्ध गराउने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?