बाँकेमा बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु, १० जना घाइते

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना भएका छन् ।

सुधार गृहमा रहेकाहरूको दुई समूहबीच झडप हुँदा ११ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको हो ।

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको थियो । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।

बाल सुधारगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउन खटिएको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?