लगातार दोस्रो महिना जापानको व्यापार घाटामा

जापानमा लगातार दोस्रो महिना व्यापार घाटा देखिएको छ । जापानमा अगस्टमा लगातार दोस्रो महिना व्यापार घाटा भएको तथ्यांकले देखाएको छ ।

अर्धचालक उपकरणको कमजोर निर्यातसँगै जापानमा सम्पूर्ण निर्यातको मूल्यमा गिरावट आएको हो ।

वित्त मन्त्रालयले निर्यातको तुलनामा आयातको मूल्य ९३० अर्ब येन अर्थात ६.३ अर्ब डलर बढी भएको जनाएको छ ।
गत वर्ष अगस्टको तुलनामा घाटा २७.९ खर्ब येनभन्दा दुई तिहाई कम भएको छ ।

ताइवान र दक्षिणपूर्वी एसियामा अर्धचालक विनिर्माण उपकरणको आयात घटेका कारण एक वर्षअघिको तुलनामा कुल निर्यात ०.८ प्रतिशत कम भएको छ ।

जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको अर्थव्यवस्थाको रफ्तारमा कमी आएसँगै येनको मूल्यमा निर्यात ११ प्रतिशत घटेको हो ।

तर जापानबाट अमेरिकामा सवारी साधनको खरिद बढेको छ । कच्चा तेल र तरलीकृत प्राकृतिक ग्याससमेत इन्धनको घट्दो मूल्यका कारण आयात मूल्यको करिब १८ प्रतिशत कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?