अक्टोबर १ मा टोकियोमा स्टार्टअप वर्कसप आयोजना हुने

जापानको राजधानी टोकियोमा आगामी अक्टोबर १ मा स्टार्टअप वर्कसप आयोजना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ जापानले टोकियोमा स्टार्टअप गरिरहेका तथा स्टार्टअपको योजना बनाएका युवाहरुलाई लक्षित गरी वर्कसपको आयोजना गरेको हो ।

स्टार्टअपका अवसर तथा चुनौतीहरु नामको वर्कसपमा स्टार्टअप गर्दा आईपर्ने चुनौतीहरु, त्यसबाट प्राप्त हुने अवसरहरु तथा विविध परिस्थितिहरुको कसरी सामना गर्ने भन्नेबारे अनुभवी युवा उद्यमीहरुबाट सुन्ने तथा समसामयिक बिजनेस ट्रेन्डबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

वर्कसपमा सहभागी हुन चाहनेहरुले तलको क्युआर कोडबाट आवेदन दिन सकिने अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिए ।

वर्कशपमा आजिनोमोतो कम्पनीका मानव संसाधन विभागका राजन न्यौपाने, ओपेक्स्पार्क इङ्कका विष्णुप्रसाद खनाल (पीएचडी), जेपिएस इङ्कका सीइओ विश्वेश्वर रेग्मी तथा होप ईन्टरनेशलन स्कुलका फाउन्डिङ चेयरमेन विजेन ज्ञवालीले आफ्ना अनुभव तथा ज्ञान सेयर गर्नेछन् ।

कार्यक्रम टोकियो किताकुको ओजीस्थित सभाहलमा अक्टोबर १ तारिख दिउँसो १ बजेदेखि ५ बजेसम्म संचालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?