जापानमा लगातार तेस्रो महिना पर्यटकको संख्या २० लाख माथि

威而鋼 >जापानमा विदेशी पर्यटकको संख्या अगस्टमा लगातार तेस्रो महिना वृद्धि भएको देखिएको छ । जापानमा लगातार तेस्रो महिना २० लाखभन्दा बढी पर्यटक आएका हुन् ।

जापानको राष्ट्रिय पर्यटन संगठनले अगस्तमा २० लाख १० हजारभन्दा बढी पर्यटक जापान आएका हुन् ।

जापानमा पर्यटककोढ संख्या अगस्ट, २०१९ मा जापान आउनेको तुलनामा ८५ प्रतिशत सम्म पुगेको छ । जापानमा कोभिडपछि लगातार पर्यटकको संख्या महामारीपूर्वको ८० प्रतिशत पुगेको हो ।

दक्षिण कोरियाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी ५ लाख ६९ हजार १०० थियो भने ताइवानबाट ३ लाख ९६ हजार ३००, चीनबाट ३ लाख ६४ हजार १०० पर्यटकले जापान भ्रमण गरेका छन् ।

चीनबाट आउने पर्यटकको संख्या भने सन् २०१९ को तुलनामा ३६ प्रतिशतमात्रै रहेको छ ।

सेप्टेम्बरको अन्त्यमा चीनमा राष्ट्रिय दिवसको आसपास लामो छुट्टी सुरु भएपछि चीनबाट आउने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?