योकोहमाको होटलमा एक युवती मृत फेला परिन्, युवक फरार

जापानको कानागावा प्रिफेक्चरस्थित योकोहमा सहरको एक होटलमा एक युवती मृत फेला परेकी छन् ।

उनी ७ सेप्टेम्बरमा मृत अवस्थामा फेला परेको र उनीसँगै गएका पुरुष भने फरार रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको अनुसन्धानका क्रममा होटलमा सँगै प्रवेश गरेका युवक भने मृत्युको घटनाअघि नै एक्लै होटलबाट बाहिरिएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

विशेष अनुसन्धान विभाग बनाएर ति युवकको खोजी तथा हत्या प्रकरणको छानबिन अघि बढाइएको छ ।

योकोहामाको मिनातोकिताकु सिनयोकोहमामा रहेको होटलमा ७ सेप्टेम्बरको साँझ साढे ६ बजेतिर एक युवतीको शव फेला परेको थियो ।

मृतक युवतीको अनुहार लगायतका स्थानमा चोटहरु भएको तथा पोस्टमार्टममा मेरुदण्डमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?