एनआरएनए जापानद्वारा नेपालीका समस्या सुन्न ‘हटलाइन टेलिफोन’ सेवा सुरु

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषद्ले जापानमा रहेका नेपालीहरुका समस्या सुन्नका लागि हटलाइन टेलिफोन सेवा सुरु गरेको छ ।

जापानमा रहँदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानका लागि हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको एनआरएनए जापानले जानकारी दिएको छ ।

जापानमा रहँदा आउदे भाषागत समस्या, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका 犀利士 समस्याको सुनवाइ र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सेवा सुरु गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।

एनआरएनए जापानले +८१–०८०–६३५२–८२८६ नम्बरको टेलिफोन नम्बरमा आफ्ना समस्या, जरुरी सूचना र जानकारीको लागि उपयोग गर्नेगरी हटलाइन सेवा सुरु गरेको हो ।

एनआरएनए जापानले यसअघि पनि यस्तो सेवा सुरु गरे पनि दीर्घकालीन योजनाको अभावका कारण त्यसले निरन्तरता पाउन सकेको थिएन ।

यसपटक नविन निउरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै दीर्घकालसम्म सञ्चालनको योजनासहित हटलाइन सुरु भएको हो ।

एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सेवा सार्वजनिक गरिएको भन्दै अत्यावश्यक समस्या र जानकारीको लागि यो सेवा उपयोग गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?