पाल्पा समाज जापानको तेस्रो अधिवेशन ८ अक्टोबरमा

पाल्पाबाट जापानमा गई विभिन्न पेशा र व्यवसायमा संलग्न पाल्पालीहरुको संस्था पाल्पा समाज जापानको तेस्रो अधिवेशन आगामी ८ अक्टोबरमा टोकियोमा हुने भएको छ ।

टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । साथै अधिवेशसनले समाजको भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्नेछ ।

पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, व्यवसायमा संलग्न पाल्पालीहरुलाई जोड्दै प्रवासमा आइपर्ने समस्याहरुको सामूहिक समाधान गर्ने उद्देश्यले पाल्पा समाज जापानको स्थापना सन् २०१६ मा भएको हो ।

आफ्नो स्थापनादेखि नै समाजले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । समाजले ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले समेत महत्वपूर्ण पाल्पाका विभिन्न पर्यटकीय गन्तव्यहरुको पहिचान गरी जापानमा यथोचित प्रचार–प्रसार गर्ने तथा पर्यटक भित्र्याउन ठोस पहल गर्ने योजना बनाएको छ ।

समाजले अधिवेशनमा उत्साहजनक सहभागिताका लागि जापानमा छरिएर रहेका पाल्पालीहरुलाई अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?