जापान र बेलायत आर्थिक सुरक्षा सम्बन्ध बलियो बनाउन सहमत

जापान र बेलायत आर्थिक सुरक्षाका लागि सम्बन्ध बलियो बनाउन सहमत भएका छन् । चीनको आक्रामकताको सामना गर्न जापान र बेलायत आर्थिक मोर्चामा पनि एकजुट हुन लागेका हुन् ।

जापानका अर्थ, व्यापार एवं. उद्योगमन्त्री निशिमुरा यासुतोशीले लण्डनमा आफ्ना समकक्षी केमी ब्याडनकसँग छलफल गरेका छन् । उनीहरु आर्थिक दबाबको सामना गर्नका लागि जापान र बेलायतका अर्थमन्त्रीबीच वार्ता गर्न पनि सहमत भएका छन् ।

अरु देशलाई दबाब बनाउने उद्देश्यले व्यापार प्रतिबन्ध लगाउनुलाई आर्थिक दबाबका रुपमा लिने गरिन्छ । नेटोले जुलाईमा चीनमाथि दबाबकारी नीति अपनाएको आरोप लगाउँदै बेइजिङ अन्तर्राष्ट्रिय व्यवस्थाको अपहेलना गर्ने प्रयास गर्दै आएको छ ।

निशिमुरा र ब्याडनकले आपूर्ति शृङ्खलाको लचिलोपन बढाउने विषयमा छलफल गरेका छन् । उनीहरु दुर्लभ मृदा खनिजको खरिदबारे पनि छलफल गर्न सहमत भएका छन् । जुन विद्युतीय सवारीको ब्याट्रीका लागि आवश्यक छ ।

चीनले जापानको फुकुशिमा दाइची ऊर्जा केन्द्रबाट प्रशान्त महासागरमा पानी फाल्ने निर्णयपछि जापानी समुद्री खाद्य वस्तुमाथि प्रतिबन्ध लगाएको छ ।

जसका कारण जापानी अर्थतन्त्रमा समेत प्रभाव पर्ने अनुमान गरिएका बेला जापान थप आर्थिक सुरक्षा सहयोगीको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?