जापानमा एक नेपाली युवाको निधन

जापानको नागोयामा एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ । नेपालमा ललितपुरको चापागाउँ स्थायी घर भएका अनिल देसारको बिहीबार बिहान उपचारका क्रममा नागोयामा निधन भएको हो ।

उनी करिब १० वर्षदेखि जापानमा बसोबास गर्दै आएका थिए । उनीसँगै उनकी श्रीमती पनि जापानमै बसोबास गर्दै आएको खुलेको छ ।

उनी तीन महिनादेखि उपचाररत थिए । अस्पतालले मुटु, कलेजो र फोक्सोले काम नगरेपनि निधन भएको जनाएको छ ।

अत्यधिक मादक पदार्थ सेवनका कारण स्वास्थ्यमा गम्भीर असर परेको देखिएको अस्पतालले जनाएको छ ।

देसारको आगामी शनिबार नागोयामै अन्तिम संस्कार गर्ने तयारी छ ।

उपचार प्रक्रियामा धेरै खर्च लागेका कारण मृतककी श्रीमतीसँग आवश्यक रकम अभाव भएका कारण उनको दाहसंस्कार लगायतका लागि आवश्यक सहयोग गर्न जापानस्थित नेपाली संघसंस्था तथा व्यक्तिहरुलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?